नौ महिनापछि सिनेमा हल खुल्दा : कतै सुनसान, कतै बन्दको निर्देशन

करिब ९ महिनादेखि ठप्प सिनेमा घर शुक्रबारबाट खोलिए । ‘आमा’ र ‘सेन्टी भाइरस’ सञ्चालनमा आएका देशभरका सिनेमा घरमा प्रदर्शनको प्रचार गरियो । यी दुई नेपाली सिनेमासँगै हलिउड चलचित्र ‘ब्लडसट’ र ‘द इन्भिजिवल म्यान’ पनि प्रदर्शन गरियो । हल सञ्चालनको पहिलो दिन सिभिल मल, लाबिम मल र छाया सेन्टरमा १० देखि १५ जना दर्शक उपस्थित भए । दर्शकको यो उपस्थितिलाई हल सञ्चालकहरुले सकारात्मक संकेत मानेका छन् । हल सञ्चालकहरूले चलचित्र क्षेत्रमा सरकारको आँखा पर्छ कि भनेर यसो गरिएको बताएका छन् ।

यता, क्युज सिनेमाले २ नेपाली फिल्मको सो देखाउने तयारी गरेको थियो । तर, शुक्रबार कुनै पनि सोका लागि दर्शक उपस्थित नभएका क्युज सञ्चालक सुमित मैनालीले जानकारी दिए । आजबाट क्युजमा पनि दुई हलिउड चलचित्र प्रदर्शन गरिने भएको छ । आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर दर्शकहरु हल नआएको भन्दै मैनालीले दर्शकको त्यो डर भगाउन पनि फिल्म क्षेत्र बिस्तारै चलायमान बनाउँदै लैजानु पर्ने बताए ।

उता केएल टावरस्थित एफक्युबमा १५ जना दर्शकले चलचित्र ‘सेन्टी भाइरस हेरेका छन् । शनिबारबाट दर्शकको फ्लो बढ्ने व्यवस्थापक राजन थापा मगरले जानकारी दिएका छन् ।

ललितपुरको लाबिम मलस्थित क्युएफएक्समा चलचित्र प्रदर्शन हुन पाएनन् । जिल्ला प्रशासन ललितपुरले सरकारको अनुमति बिना हल सञ्चालन नगर्न बन्दै सिनेमा हल बन्द गर्न निर्देशन दियो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सरकारको अनुमति नदिएका क्षेत्र खुला गर्न नमिल्ने भएकाले हल बन्द गर्न लगाएको बताए ।

सरकारले हल सञ्चालनको अनुमति नदिँदा आफूहरु ठूलो मारमा परेको क्युएफएक्स सिनेमाका प्रमुख कार्यकारी प्रमुख रोशन अडिगले बताए । हल सञ्चालनको मुख्य उद्देश्य पनि आफूहरुको सांकेतिक विरोध रहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १२:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया