काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली झन् झन् निरङ्कुश बन्दै गएको आरोप लगाएका छन्। शुक्रबार आठजना मन्त्री र एकजना राज्यमन्त्री थप्ने निर्णय गरेपछि रावलले प्रधानमन्त्रीमाथि रिस पोखेका हुन्।
चुनावको मिति तोकिसकेको अवस्थामा पदबाट राजीनामा नदिएर ओलीले आफ्नो स्वेच्छाचारी चरित्र देखाउँदै गएको जिकिर रावलले गरेका छन्। उनले मन्त्रिपरिषद् विस्तारले लोकतन्त्रकै खिल्ली उडाएको पनि उल्लेख गरेका छन्।
'देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमा घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरङ्कुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्', रावलले सामाजिक सञ्जालमा भनेका छन्, 'प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेका छन्।'
देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेकाछन्।
— Bhim Rawal, PhD (@BhimRawal179) December 26, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।