कार्यकर्ताको साथ नपाएपछि सांसद छक्कबहादुर प्रचण्ड–माधव पक्षमा

हुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद छक्कबहादुर लामा प्रचण्ड–नेपाल पक्षमा फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लगेका लामालाई जिल्लाकै नेता कार्यकर्ताले साथ नदिएपछि कित्ता परिवर्तन गरेका हुन् । लामालाई ओली समूहले केन्द्रीय आयोजक समितिको सदस्यमा मनोनित गरेको थियो । तर, लामाले हुम्लाबासी जनताको भावना, सल्लाह, सुझावलाई सम्बोधन गर्दै आफूले केन्द्रीय आयोजक सदस्य पद परित्याग गरेर प्रचण्ड–नेपाल पक्षमा लागेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा सबैलाई छक्क पार्दै मत परिणाम आफ्नो पक्षमा पारेका लामाले शनिबार एक वक्तव्य जारी गर्दै प्रचण्ड–नेपाल पक्षको मूल पार्टीमा एकताबद्ध भएर बस्न अनुरोध समेत गरेका छन् । लामा ती नै सहिद परिवार हुन जसले माओवादी जनयुद्धमा छोरी गुमाएका थिए ।





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १५:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया