पाँच सय कोरोना संक्रमित थपिए, आठ सय ४८ जना निको भए
थप तीनजनाले ज्यान गुमाए

काठमाडौं : देशबाट अझै कोरोना संकट हटिसकेको छैन।  बितेको २४ घण्टामा देशभर थप ५ सय जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

शनिबार थपिएका ५ सय जनासहित देशभर हालसम्म संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको  मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५ सय संक्रमित थपिँदा ८४० जना निको भएका छन्।

आजसहित कोरोना जित्नेको संख्या २ लाख ४९ हजार १ सय ३२ छ। २४ घण्टामै देशभर कोरोनाबाट तीन जनाले ज्यान गुमाएका छन्। हालसम्म देशभर कोरोनाबाट ८ सय १९ ले ज्यान गुमाएका छन्। 





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १६:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया