कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा गत २४ घण्टामा ५ सय कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । 

प्रदेश १ को झापामा ५, धनकुटामा ३, मोरङमा ४ र सोलुखुम्बुमा १ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश २ अन्तर्गत धनुषामा २, बारामा १ र महोत्तरीमा १ जना कोरोना संक्रमित थपिएका छन् । 

बागमती प्रदेशअन्तर्गत काठमाडौंमा २ सय ९, ललितपुरमा ४२, भक्तपुरमा १६, काभ्रेमा १०, चितवनमा ४, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा १, , मकवानपुरमा ६, रामेछापमा १,  सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ । 

गण्डकी प्रदेशअन्तर्गत कास्कीमा ३३, गोरखामा १४, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा ४, लमजुङमा १, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा ५, दाङमा २३, नवलपरासीमा ५, पाल्पामा १, प्युठानमा ४, बर्दियामा ४, बाँकेमा १८, रोल्पामा १, र रुपन्देहीमा २८ जना कोरोना संक्रमित बढेका छन् ।  

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  



सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाममा ४, डडेल्धुरामा १ र बझाङमा १२ जना कोरोना संक्रमित थपिएका छन् । 



  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १६:४१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया