बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो ३ पुस्ताको फोटो आफ्ना फ्यानहरू माझ शेयर गरेका छन्। उनले ट्विटर मार्फत सार्वजनिक गरेका फोटोमा उनका बुवासँग उनी र उनका छोरा अभिषेक बच्चनलाई देख्न सकिन्छ।
सोसल मिडियामार्फत आफ्नो जीवनका विभिन्न किस्सा सार्वजनिक गर्ने क्रममा अमिताभले उक्त फोटो पोस्ट गरेका हुन्। जुन फोटो हेरेर उनका फ्यानले विभिन्न प्रतिकृया दिइरहेका छन्।
उनका अनुयायीले लेखेका छन्, ‘सरदार तपाईंको रगत शीरमा छ। लाखौं सरदारहरू दिल्ली सीमामा छतबिना २ डिग्री चिसोमा सुतिरहेका छन्। कृपया उनीहरुको समर्थनमा केहि लेख्नुहोस्।’
सोही समय अर्का प्रयोगकर्ताले यसको जवाफमा लेखेका छन्, ‘प्रत्येक सिखले प्रोटेस्ट समर्थन गर्दैन। कृपया दिमागमा राख्नुहोस् कि यो कुनै धार्मिक प्रोटेस्ट होइन्।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।