जापानले लगायो नेपाली नागरिकलाई प्रवेश रोक

कोरोनाभाइरस महामारीका कारण जापानले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ । नेपाली मात्र होइन, जापान सरकारले अन्य देशका नागरिकलाई पनि अहिले आफ्नो देश प्रवेशमा रोक लगाएको छ । 

कोरोनाभाइरसको नयाँ भ्यारियन्ट भेटिएसँगै जापान सरकारले यो निर्णय गरेको त्यहाँका सन्चारमाध्यमले जनाएका छन् । 

अहिलेको यो प्रतिबन्ध जनवरीसम्मका लागि लगाइएको भनिएको छ । जापानमा नै बसोबास गरिरहेका विदेशीलाई चाहिँ जापान सरकारले जापान जाँदा १४ दिने क्वारेन्टिनलाई अनिवार्य गराएको छ ।

बेलायतबाट फर्किएका दुई नागरिकमा कोरोनाभाइरसको नयाँ भ्यारियन्ट देखिएसँगै जापानले यो रोक लगाएको हो । अहिले बेलायतमा कोरोनाको नयाँ भ्यारियन्ट देखिएपछि बेलायतबाट आउने नागरिकहरुलाई अरु थुप्रै देशले रोक लगाएका छन् ।





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १२:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया