ऋषभ पन्तको विकेटमा दुई रेकर्ड

मेलवर्नमा जारी अस्ट्रेलिया–भारत दोस्रो टेस्टमा अस्ट्रेलियाका दुई खेलाडीले रेकर्ड बनाएका छन् । अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान टिम पेन र तिब्र गतिका बलर मिचेल स्टार्कले रेकर्ड बनाएका हुन् ।

पेन टेस्ट क्रिकेटमा सबैभन्दा कम खेलमा १५० क्याच लिने खेलाडी बने । उनले ऋषभ पन्तको क्याच लिँदै ३३ टेस्टमा यो उपलब्धि हासिल गरे । उनले दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विन्टन डि ककको रेकर्ड तोडेका हुन् । डि ककले ३४ टेस्टमा १५० क्याच लिएका थिए । 

ऋषभ पन्तकै विकेटबाट आफ्नो टेस्ट विकेट संख्या २५० पु¥याएका स्टार्क सबैभन्दा  कम बलमा २५० विकेट लिने अस्ट्रेलियन बलर बने । 

स्टार्कले ११ हजार ९ सय ७६ बलमा यो उपलब्धि हात पार्दै मिचेल जोन्सनको रेकर्ड तोडेका हुन । जोन्सनले टेस्टमा २५० विकेट लिन १२ हजार ५ सय ७८ बल फ्याकेका थिए । 





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १५:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया