काइल कोएट्जर बने दशककै उत्कृष्ट एसोसिएट खेलाडी

स्कटल्यान्डका कप्तान काइल कोएट्जरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आइसिसी) को दशककै उत्कृष्ट एसोसिएट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् । आइसिसीले आइतबार आधिकारिक रूपमा कोएट्जरलाई अवार्ड विजेता घोषणा गरेको हो । 

आइसिसीले गएको दशकमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा कोएट्जर सहित ६ एसोसिएट खेलाडीलाई मनोनयन गरेको थियो, जसमा नेपालका पूर्वकप्तान पारस खड्का, स्कटल्यान्डका कुलम म्याक्लेओड, नेदरल्यान्डका पिटर बोरेन पपुवा न्युगिनीका असाद भाला र स्कटल्यान्डका रिची बेरिङ्टन थिए । 

कोएट्जरले स्कटल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनकै कप्तानीका स्कटल्यान्डले सन् २०१८ मा इङ्ल्यान्डलाई पराजित गरेको थियो । उनले एक दिवसीयमा ४५ दशमलव ५४ को औसतमा २२ सय ७७ रन बनाएका छन् ।


 





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १६:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया