चुनाव भनेर ओलीले विषको भाँडोमाथि अमृत देखाएका हुन्, कांग्रेस नलोभियोस्ः डा. भट्टराई

जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको चुनावलाई ज्ञानेन्द्रले घोषणा गरेको चुनावजस्तै भएको भन्दै त्यसमा नलोभिन कांग्रेसलाई आग्रह गरेका छन् ।  

संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीले चुनाव गर्लान् र आफू ठूलो दल भइएला भन्ने आस नगर्न कांग्रेसलाई सुझाब दिएका छन् । 

भट्टराईले अहिले संसद् विघटन गरी चुनाव गर्ने नाममा ओलीले विषको भाँडोमा माथि अमृत देखाएको उल्लेख गर्दै उनले आफूहरु चुनावतिर नलाग्ने बरु विद्रोहद्वारा पुनःस्थापना गर्ने दाबी गरे । 

गणतन्त्रको बेला बयलगाडामा अमेरिका पुगिँदैन भन्ने ओलीले अहिले चुनाव गराउने आस गर्नु बेकार भएको उनको बुझाइ छ । 

उनले अदालतप्रति झिनो आस मात्रै रहेको बताए  । प्रतिनिधिसभाका सभामुखलाई तत्काल संसद बोलाउन आग्रह गर्दै उनले बाँकी निर्णय त्यहीँबाट गर्न सकिने बताए ।  





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १६:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया