नेपालमा थपिए ४८१ संक्रमित

नेपालमा थप  चार सय ८१ जनामा कोरोना भाइरस  संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १९ लाख नौ हजार ६५४ जनाको पिसिआर परीक्षण गरेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो चौबीस घण्टामा छ हजार ५५९ जनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा छ हजार ४९३ जनामा भाइरसको सक्रिय संक्रमण रहेको छ ।

पछिल्लो चौबीस घण्टामा सात सय ३१ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या दुई लाख ४९ हजार ८६३ पुगेको छ । 

पछिल्लो चौबीस घण्टामा छ जना संक्रमितको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८२५ जना पुगेको मन्त्रालयको तथ्यांक छ ।





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १६:४६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया