सरकार विघटन हुँदैन, अविश्वास प्रस्ताव डटेर सामना गर्छुः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो नेतृत्वमा रहेको सरकारलाई कुनै पनि हालतमा विघटन हुन नदिने दाबी गरेका छन् । उनले संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव डटेर सामना गर्ने पनि बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा फरक धारसँगको कुराकानीमा मुख्यमन्त्री राईले भने, ‘मविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको आरामले सामना गर्छु, बहुमत माननीयहरुको समर्थन प्राप्त गर्नेछु ।’

मुख्यमन्त्री राईले प्रदेशलाई तहसनहस बनाउने षड्यन्त्रको रुपमा कतैबाट निर्देशित भएर अविश्वासको प्रस्ताव आएको बताउँदै त्यसको सामना विकेकपूर्ण ढंगले गर्ने बताए ।

‘आरामले सामना गरेर संघीयता र प्रदेशलाई तहसनहस बनाउने चाहनालाई विफल बनाउँछु,’ मुख्यमन्त्री राईले भने, ‘पुनः सुविधाजनक बहुमतका साथमा प्रदेशको नेतृत्व गर्नेछु । 

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कतिपय सांसदलाई धम्की दिएर र घेराबन्दीमा पारेर जबर्जस्ती रुपमा हस्ताक्षर गर्न लगाएको आफूले थाहा पाएको भन्दै उनले केही दिनभित्रै ती सबै कुरा बाहिर आउने बताए ।

आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा ३७ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङ्बुहाङको नेतृृत्वमा गएको टोलीले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । 



मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाउन नेकपाका बहुमत सदस्यहरुले माग गरेका छन् ।



  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १६:४७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया