सबै नेपालीलाई निःशुल्क कोरोना भ्याक्सिन : स्वास्थ्यमन्त्री त्रिपाठी

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । 

आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने दृढता व्यक्त गरे । स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनै पनि अपारदर्शी काम हुन नदिने प्रतिबद्धता पनि मन्त्री त्रिपाठीले व्यक्त गरे । खरिद प्रक्रियामा आफूलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्नेसमेत बताए । 

कुनैपनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकाले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीलाई उनले आग्रह गरे । ‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौँ,’ उनले भने, ‘कुनै पनि खरिदमा कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन । 

मन्त्री त्रिपाठीले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताए । सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनै पनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीको भनाइ थियो । 
 





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १७:१०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया