नेकपा विप्लवले भन्यो– सुरक्षा निकायप्रति आक्रमणकाे नीति छैन

संखुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा आज प्रहरी र विप्लव माओवादीका कार्यकर्ताबीच भएको भनिएको दोहोरो भीडन्त नभएको दाबी विप्लव नेकपाले गरेको छ । 
पार्टीले एक विज्ञप्ति निकाल्दै त्यहाँ कुनै भीडन्त नभएको बताएको छ । 

पार्टीका प्रवक्ता प्रकाण्डको नाममा आज जारी गरिएको विज्ञप्तिमा पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा प्रहरी पुगेर घरपरिवारमाथि कुटपिट गरेको आरोप लगाइएको छ ।

‘प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्र्सना गर्छ ।’

विज्ञप्तिमा अहिले विप्लवको या पार्टीले सुरक्षा निकायप्रति आक्रमणको नीति नलिएको पनि उल्लेख गरिएको छ ।

 





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार २१:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया