आज देशभर कांग्रेसको प्रदर्शन, काठमाडौंका यी १० ठाउँमा हुँदैछ विरोधसभा
फाइल फोटो

प्रतिनिधि सभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।  विरोध प्रदर्शन र विरोध सभामा सहभागी हुनका लागि शीर्ष नेताहरु  विभिन्न ठाउँ पुगेका छन्। 

सभापति शेरबहादुर देउवाले भक्तपुरको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा हुनेछन् । प्रवक्ता  विश्वप्रकाश शर्माले कोटेश्वरको सभामा सम्बोधन गर्नेछन् । नेता गगन थापा नेपालगन्जको विरोध कार्यक्रममा सहभागी हुँदै छन्। 

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र विरोधसभा गर्ने कार्यक्रम कांग्रेसले  तय गरेको छ । जस अनुसार विरोध प्रदर्शनपछि काठमाडौँका निम्न स्थानमा विरोधसभा हुने नेपाली कांग्रेसले जानकारी दिएको छ । 

क्षेत्र नं.१ : नयाँ बानेश्वर होटल एभरेस्ट अगाडि,

 क्षेत्र नं.२ :  कोटेश्वर चोक,

 क्षेत्र नं.३ : जोरपाटी चोकमा,



क्षेत्र नं.४ : नारायण चौर नक्साल,

क्षेत्र नं.५ : नारायण गोपाल चोक  महाराजगन्ज,



 क्षेत्र नं.६ : मनमैजु लोकतान्त्रिक चोक,

क्षेत्र नं.७ :  बालाजु चोक,

क्षेत्र नं.८ : वसन्तपुर डबली,  

क्षेत्र नं.९ : कलंकी चोक,  

क्षेत्र नं.१० : कीर्तिपुर बजार । 

काठमाडौंका सबै ठाउँमा दिउँसो १ बजे विरोधसभा हुने नेपाली कांग्रेसले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार ९:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया