बन्द हुनेभयो मनकामना केबलकार
फाइल फोटो

मनकामना केबुलकार सेवा ७ दिनका लागि  बन्द हुने भएको  छ । केबलकार सेवाको मर्मतका लागि  यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालि व्यवस्थापनले जनाएको छ 

कोरोना संक्रमणको त्रासका कारण लामो समय बन्द भएको केबलकार मंसिर ९ गतेबाट सञ्चालनमा आएको थियो । केबलकार सञ्चालनपछि सेवा प्रयोग गर्नेको चाप बढ्ने क्रममा थियो । 
कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित मर्मत सम्भारका लागि सेवा बन्द गरिएको  व्यवस्थापन जानकारी दिएको छ ।  पुस २१ गतेबाट सेवा सुचारु हुने जानकारी दिइएको छ । 
 
केबलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १०:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया