कर्णालीमाथि प्रदेश–२ को सहज जित

दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश–२ ले पहिलो जित दर्ता गरेको छ । उसले सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई   १४३ रनले पराजित गरेको हो । 

प्रदेश–२ ले दिएको १६६ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै २२ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका लागि तिर्साना विश्वकर्माले सर्वाधिक ७ रनको योगदान दिइन् ।

कर्णालीको पारी ध्वस्त बनाउने क्रममा सरस्वती कुमारी र कविता गौतमले समान ३–३ तथा सन्तोषी चौधरी र आरती चौधरीले समान १–१ विकेट हात पारे । एक विकेट रन आउटको रूपमा प्राप्त भयो । 

यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६५ रनको योगफल तयार पारेको थियो । 

प्रदेश–२ का लागि अनुराधा चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । ६९ रनमा अविजित रहेकी उनले ६० बलको सामना गर्दै ६ चौका प्रहार गरिन् । शोभा आलेले २३ र विमला मगरले २१ रनको योगदान दिए ।



कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजाता बोगटीले १ विकेट हात पारे । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश–२ लाई कर्णालीमाथिको यो जित सान्त्वना मात्र बन्न पुग्यो । कर्णालीले लगातार तेस्रो हार ब्यहोर्दै बिना जित प्रतियोगिताको अन्त्य गरेको छ ।



  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १२:५०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया