प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन (फोटो फिचरसहित)

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गरेको छ । कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शन र विरोध सभामा सहभागी हुनका लागि शीर्ष नेताहरु विभिन्न ठाउँ पुगेका छन्। 

सभापति शेरबहादुर देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा हुनेछन् । प्रवक्ता  विश्वप्रकाश शर्माले कोटेश्वरको सभामा सम्बोधन गर्नेछन् । नेता गगन थापा नेपालगन्जको विरोध कार्यक्रममा सहभागी हुँदै छन्। 

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र विरोध सभा गर्ने कार्यक्रम कांग्रेसले  तय गरेको छ । 
जस अनुसार बिजुली बजारको प्रदर्शनमा नेता प्रकाशमान सिंह सहभागी भएका छन् । 





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १३:४२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया