सिसिएमसीको आग्रह : चलचित्र प्रदर्शनसम्बन्धी आवश्यक निर्णय होस्

कोरोना महामारीपछि बन्द भएका चलचित्र प्रदर्शनका लागि आवश्यक निर्णय गर्न कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरेको छ ।

कोरोना महामारीका कारण बन्द भएका होटल, पर्यटन, हवाई उडानलगायतका क्षेत्र सञ्चालनमा आइसके पनि सिनेमा घर नखुल्दा चलचित्र प्रदर्शन हुन नसकेको भन्दै सिसिएमसीले तत्काल आवश्यक निर्णय लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरेको हो ।

चलचित्र हल खोल्न चलचित्र विकास बोर्ड र चलचित्र संघले गरेको आग्रहमा आवश्यक निर्णय गर्न सिसिएमसीले आग्रह गरेको हो । सरकारले आफ्नो आग्रहलाई पटक-पटक वेवास्ता गरेको भन्दै नेपाल चलचित्र संघले गत शुक्रबारबाट हल सञ्चालनमा ल्याएको थियो । तर, सरकारले पुनः सञ्चालनका लागि अनुमति नदिएको भन्दै कतै कतै बन्दको निर्देशन आएको थियो ।





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १३:५१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया