नेपालमा थप ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएकासँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा सात जना संक्रमितको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८३२ जना पुगेको मन्त्रालयको तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७१८ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म २ लाख ५० हजार ५८१ जना संक्रमणमुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।