भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ संक्रमित फेला परेका छन् ।
थपिएकासँगै कोरोना संक्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेको छ भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ९०१ जना पुगेको छ । गत २४ घण्टामा मात्रै भारतमा कोरोना संक्रमणको कारण २७९ जनाको मृत्यु भएको छ ।
हाल भारतमा दुई लाख ७७ हजार ३०१ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा मात्र कोरोना संक्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयले ९७ लाख ८२ हजार ६६९ व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।