बेलायतबाट आएका पाँच जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।
इपिडिमियोलोेजी तथा रोग नियन्त्रण महाशाखाले उनीहरुमा कोरोना देखिएको पुष्टि भएको जनाएको छ ।
पछिल्लो समय बेलायतमा नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमण निकै बढेको छ । त्यसैले नेपालले पनि बेलायतबाट आउनेलाई अहिले रोक लगाएको छ । विभिन्न देशले पनि बेलायतबाट आउनेलाई रोक लगाएका छन् ।
नेपालमा अहिले बेलायतबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नु पर्ने भनिएको छ ।
तर, अहिले बेलायतबाट आएकोमा देखिएको कोरोनाभाइरस नयाँ हो या होइन भन्ने एकिन भइसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।