पछिल्लो समय बढ्दै कर्जा लगानी

पछिल्लो केही दिनयता सातायता वाणिज्य बैंकहरुको ऋण लगानी ह्वात्तै बढेको छ । बैंकर संघको तथ्यांक अनुसार सातामै २० अर्ब रुपैयाँसम्म ऋण लगानी हुन थालेको हो ।
गत साता मात्रै २७ बैंकले १७ अर्ब रुपैयाँ लगानी गरेको तथ्यांक छ । 

पाँच सातामा ८९ अर्ब रुपैयाँ ऋण बढेको छ । पुस १० गतेसम्म कुल ऋण लगानी ३१ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । बैंकर संघका अनुसार ब्याज दर घटेपछि अनिवार्य रूपमा दिनुपर्ने (राष्ट्र बैंकको निर्देशित लगानी) का कारण लगानी बढेको हो ।

अर्को कारण, अहिले आवासीय घर र गाडीका लागि पनि पैसा गइरहेको छ । आयात केही घटे पनि नियमित रूपमा जानुपर्ने ऋण गइरहेको छ । 

अहिले बैंकहरुले आधार दर हाराहारीमा ऋण लगानी गरिरहेका छन् । उपभोक्ता ऋणको ब्याज पनि आधार दरभन्दा धेरै माथि छैन । राष्ट्र बैंकले स्थिर ब्याज (सात वर्षसम्म परिवर्तन गर्न नपाइने) गरिदिएपछि घरजग्गा किन्ने बढ्न थालेका हुन् । त्यही कारण पनि अहिले ऋणको माग बढेको हो ।

यो अवधिमा ऋण मात्र होइन निक्षेप पनि बढेको छ ।  अहिले वाणिज्य बैंकसँग कुल निक्षेप संकलन ३७ खर्ब २९ अर्ब रुपैयाँ छ । 
 





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १७:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया