लुम्बिनी प्रदेश सरकार ढल्दैनः प्रवक्ता चौधरी

लुम्बिनी प्रदेश सरकारका प्रवक्ताले लुम्बिनी प्रदेशमा भने मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव आउने अवस्था नभएको बताएका छन् । 

सो प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका वैजनाथ चौधरीले मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता नहुने दाबी गरेका हुन् । 

सोमबार प्रदेश मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री चौधरीले लुम्बिनी प्रदेशमा सर्वसम्मत रुपमा मुख्यमन्त्री चयन गरिएकाले अविश्वासको प्रस्ताव ल्याउने अवस्था नभएको बताए ।

अन्य केही प्रदेशमा मतदानमार्फत मुख्यमन्त्री चयन गरिएकाले समस्या नआउने चौधरीले दाबी गरे । मुख्यमन्त्रीले पनि कोही मन्त्री हेरफेर गर्ने र थपघट गर्ने अवस्था पनि नरहेको उनले बताए । 

मिडियामा लुम्बिनी प्रदेश सरकार अल्पमत र अप्ठ्यारोमा परेको भनेर सार्वजनिक गरेको समाचारको खण्डन गर्दै उनले समाचारमा आएजस्तो सरकार अप्ठ्यारो र अल्पमतमा नभएको जिकिर गरेका हुन् । 

सोमबारको बैठकले दाङको तुलसीपुर नगरपालिका र स्पेनको विलवाओ नगरपरिषदबीच भगिनी सम्बन्ध स्थापित गर्ने एक मात्र प्रस्ताव पारित गरेको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १९:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया