कर्णाली प्रदेशका १० वटै जिल्लामा कांग्रेसको प्रदर्शन (फोटो फिचर)

संसद् विघटनको विरोध गर्दै नेपाली कांग्रेसले कर्णाली प्रदेशका १० वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध दशभर विरोध प्रदर्शन गर्ने केन्द्रीय कमिटीको निर्णयअनुसार विरोध प्रदर्शन गरिएको हो । जस अन्तर्गत सुर्खेतको बाबियाचौर र गुर्भाकोटमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री हृदयराम थानी पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टको सहभागिता थियो । सर्वसत्तावाद मूर्दावाद, केपी सरकार मूर्दावाद जस्ता नारा लेखिएका प्लेकार्डसहित कांग्रेसका नेता तथा कार्यकर्ता विरोधमा उत्रिएका हुन् । कार्यक्रममा नेता थानीले ओली सरकारको मनपरिका कारण देश संटकमा पुगेको बताएका छन् ।

यस्तै हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै, दैलेख सदरमुकाम दैलेख बजार, दुल्लु, जुम्ला, हुम्ला लगायतका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा नेताहरूले जनताको जनमतको अवमूल्यन गर्दै संविधानको मर्म विपरीत संसद विघटन गरेको आरोप लगाएका छन् । तत्काल यस्तो असंवैधानिक कदम सच्चिनुपर्ने उनीहरूको जोड छ । यदि नसच्चिए ओली समूह जनताको अघि पतन हुने नेताहरूको विश्लेषण छ ।





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार १९:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया