सरकार र उखु किसानबीच सम्झौता, चिनी उद्योगीको सम्पत्ति रोक्का राखिने

काठमाडौं : सरकार र आन्दोलनरत उखु किसानहरूबीच सोमबार चार बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच चार बुँदे सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौताअनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पत्ति रोक्का, नगद कारोबार रोक्का राख्‍ने र पूर्जी जारी गर्ने लगायतका कारवाही प्रक्रिया अगाडि बढाइएको छ।

त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याबारे अध्ययन गरी १२० दिनभित्र सुझाव दिन संयुक्त प्राविधिक समिति गठन गर्ने निर्णय भएको छ।

जिल्ल प्रशासन कार्यालय सर्लाहीले तौल काँटाबारे गरेको निर्णय तुरुन्त स्थगित गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ। काठमाडौंमा आन्दोलनरत उखु किसान पनि आन्दोलन छाडेर गाउँ फर्किने भएका छन्। 





  • प्रकाशित मिति : पुस १३, २०७७ साेमबार २०:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया