प्रधानमन्त्री ओलीले सोमबार साँझ भेटे राष्ट्रपति
फाइल तस्वीर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । सोमबार साँझ राष्ट्रपतिसँग भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । 

शितल निवासमा प्रधानमन्त्री ओलीले झन्डै ३ घन्टा बिताएका थिए । 

पछिल्लो समय नेकपा विभाजन भइसकेपछि राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेट भएको यो पहिलो पटक हो । चिनियाँ नेताहरु नेपाल आएर नेकपाका नेताहरुसँगको भेटघाट गरेपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच यो भेट भएको हो । 

प्रधानमन्त्री कार्यालय स्रोत अनुसार यो भेटमा पछिल्लो राजनीतिक विषयमा छलफल भएको थियो ।





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार ८:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया