सुदूरपश्चिममा ओली पक्षका एक्ला मन्त्री पठान सिंह बर्खास्त

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले मन्त्रीलाई पदमुक्त गरेको जानकारी दिए । ओलीका अनुसार मन्त्रीलाई हटाउने संविधानको अधिकार प्रयोग गर्दै हटाइएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री बोहरा केपी ओली पक्षका एक्ला मन्त्री हुन् । मन्त्री बोहरा भने अहिले काठमाडौंमै भएको र आफूलाई जानकारी नभएको बताए ।

बोहरालाई मंगलबार बिहान मुख्यमन्त्री भट्टले फोन गरेर र तपाई कुन पक्षमा भन्दै सोधेका र आफू ओली पक्षको  नेता भएको उनले जवाफ दिएको बोहराको भनाइ छ ।

केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड–माधव पक्षको स्पष्ट बहुमत छ ।

प्रचण्ड–माधव पक्षका केही नेता ओली खेमामा जाने तयारी गरिरहेकै बेला प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा सक्रियता बढाइरहेका छन् । उनी दुई दिन यता सुदूरपश्चिममा छलफलमा रहेका छन् ।
 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १२:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया