सुरु भयो लिटरेचर फेस्टिभलको नवौं संस्करण

सराङकोटस्थित माउन्टेन रिसोर्टमा सोमबार प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल सुरु भएसँग यस पटकको आइएमी नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । यो लिटरेचर फेस्टिभलको नवौं संस्करण हो । औपचारिक रुपमा मंगलबारबाट सुरु भएको फेस्टिभलको अघिल्लो साँझ गजल मेहफिल राखिएको बुकवर्म फाउन्डेसनले जनाएको छ । बुकवर्म फाउन्डेसन यो फेस्टिभलको आयोजक संस्था हो ।

भर्चुअल रुपमा सुरु भएको फेस्टिभलको यो सँस्करणमा १५ भन्दा बढी सेसनहरु हुनेछन् । कार्यक्रममा ५० जना वक्ताले सहभागिता जनाउने आयोजक संस्थाले जनाएको छ । फेस्टिभलको यो सँस्करण सामाजिक सञ्जाल तथा फेस्टिभलको आधिकारिक युट्युबबाट लाइभ प्रसारण गरिने छ ।

सन् २०११ मा ललितपुरको झम्सिखेलस्थित ज्ञान मण्डलाबाट लिटरेचर फेस्टिभलको सुरुवात गरिएको थियो ।





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १२:३३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया