भारतले यसअघि लगाएको प्याज निकासीको प्रतिबन्ध फुकुवा गरेको छ । भारतले आन्तरिक बजारमा प्याजको माग बढेको र मूल्य आकासिएको भन्दै भदौ २९ गतेदेखि निकासीमा प्रतिबन्ध लगाएको थियो ।
भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको खुद्रा मूल्य प्रतिकेजी १ सय ७० रुपैयाँभन्दा धेरै पुगेको थियो । भारतले ३ महिनापछि निकासी फुकुवा गरेपछि नेपालमा यसको मूल्य सस्तिने व्यवसायीको विश्वास छ ।
भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले पुस १७ गते शुक्रबार (जनवरी १, २०२१) देखि लागु हुने गरी प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
मन्त्रालयको सूचना अनुसार सबै किसिमका प्याजको निकासीमा यसअघि लगाइएका प्रतिबन्ध हटाइएका छन् । नेपाल करिब भारतीय प्याजमा निर्भर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।