सुदूरपश्चिमको विजयी सुरुवात
फरकधार / १४ पुस, २०७७

दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । उसले मंगलबार समूह ‘बि’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।



सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले २० ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो ।

गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सृष्टि पौडेलले सर्वाधिक ८ रनको योगदान दिँदा । अविजित रहेकी ज्योत्स्निका मरासिनीले ६ र कुसुम गोदारले ५ रन बनाए । 

सुदूरपश्चिमका लागि सुनिता लुहारले २, कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।  



यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि तीन जना खेलाडीबाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका लागि रेवती धामीले सर्वाधिक २७ रनको योगदान दिइन् ।  कप्तान विन्दु रावलले १३ र मञ्जु बोगटीले १० रन बनाए ।

गण्डकीका लागि सृष्टि पौडेल र एलिसा लामिछानेले समान ३–३, अञ्जली विश्वकर्मा, कुसुम गोदार र ज्योत्स्निका मरासिनीले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

बुधबार गण्डकीले बागमती प्रदेशसँग तथा सुदूरपश्चिमले प्रदेश–१ सँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १३:३३:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया