ओलीलाई विश्वास गरेर गल्ती गरेको भन्दै प्रचण्डले मागे माफी

केपी ओलीलाई विश्वास गरी सहकार्य गर्नु भुल भएको भन्दै  नेकपाका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले माफी मागेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार काठमाडौँमा आयोजना गरेको सभामा सम्बोधन गर्दै ओलीमाथि भरोसा गरेकोमा पश्चाताप गरेका हुन् । 

केपी ओली गणतन्त्रवादी आन्दोलनको पक्षमा नभएको संघीयताको विरोधी र धर्म निरेपेक्षताको पनि विरोधी भएको कुरा थाहा भएपनि अब सुध्रिए होलान भनेर सहकार्यको हात बढाएको प्रचण्डको भनाइ छ । 

‘उहाँको मनले चाँही मानेको थिएन तर आन्दोलनको विशाल महासागर आयो म त्यसैमा बगिदिउँ भन्नु हुन्थ्यो उहाँले’ प्रचण्डले भने । अहिलेको घटनाक्रमले ओली बयलगाढामै रहेको पुष्टि हुने भन्दै उनले आली पहिलेकै प्रतिगमनकारी कित्तामा रहेको आरोप लगाए । 

‘हामीले उहाँँलाई सच्चिए होला भन्ठान्यौ तर अहिले तपाईहरु माझ प्रतिगमनकारी आन्दोलनमा सहभागिताका लागि अपिल गर्दै गर्दा कहिन कहीँ मलाई थोरै अप्ठ्यारो महसुस भएको छ’ प्रचण्डले भने, म तपाईहरु समक्ष क्षमा याचना भन्न चाहन्छु हामीले बुझ्न सकिएन छ केपी ओलीलाई ।  

आफैँले बनाएको कम्यनिस्ट पार्टीको प्रधानमन्त्रीले यसरी संविधानमाथि यति छिट्टै निर्मम प्रहार गर्ला भनेर कहिल्यै नसोचेको प्रचण्डले बताए । आफैँले बनाएको संविधानलाई ओलीले बलात्कार गरेको भन्दै माफी नमागेसम्म जनताले माफी  नदिने प्रचण्डले बताए । 

ओलीले यसरी प्रतिगामी कदम चाल्लान् र उनकै विरुद्धमा सडकमा आउनुपर्ला भन्ने कुराको कल्पना नगरेको उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १६:२३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया