बजारमा झिनो सुधार, ४ अर्बमै खुम्चियो कारोबार

मंगलबार सेयर बजारमा ५ अंकले वृद्धि भएको छ । कुनै समय २०३० अंक सम्म पुगेको बजार अन्त्यमा २०१२. ८९ अंकमा बन्द भएको छ । 

नेप्से परिसूचक ५ दशमलव ५७ अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव १३ अंक घटेर ३८२ दशमलव ४४ विन्दुमा पुगेको छ । 

यो दिन कारोबारमा आएका १२ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४ प्रतिशतले बढेको छ ।

त्यस्तै, अन्य समूहको ३ दशमलव २९ प्रतिशत, निर्जीवनको शून्य दशमलव १३ प्रतिशत र लघुवित्तको शून्य दशमलव ३६ प्रतिशतले बढेको छ । यो दिन बाँकी आठ समूहको परिसूचक भने घटेको छ । 

मंगलवार जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ दशमलव १८ प्रतिशतले घटेको छ । यसैगरी बैंकिङको शून्य दशमलव ६३ प्रतिशत, व्यापारिकको शून्य दशमलव १७ प्रतिशत, होटलको शून्य दशमलव २४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८९ प्रतिशत, वित्तको शून्य दशमलव २५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५३ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ ।

मंगलबार सर्वाधिक कमाउनेमा  नागरिक लगानी कोषका सेयरधनी गरेका छन् । ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि मूल्य समायोजन भएको कोषको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर प्रति कित्ता ३०६२ रुपैयाँमा कारोबार भएको छ ।



मंगलवारको बजारमा सर्वाधिक घट्नेमा मल्टिपर्पस फिनान्स कम्पनीको सेयर रहेको छ । कम्पनीको सेयरमूल्य सर्वाधिक ६ प्रतिशतले घटेको छ । यस दिन २०९ कम्पनीको रू. ४ अर्ब ९ करोड २२ लाख २७ हजार बराबरको ८० लाख १ हजार ३१४ कित्ता सेयर कारोबार भएको छ । यो कारोबार ३७ हजार ९१६ पटकको व्यापारमा भएको हो । कुल कारोबार रकमका सर्वाधिक हिस्सा नबिल बैंकले ओगटेको हो । 

उक्त कम्पनीले यस वर्ष वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ३५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ३३ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।



  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १६:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया