सच्चिए होला भन्ठान्यौँ, तर ओली बयलगाडा सिद्धान्तमै अडिग रहेछन्ः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली बयलगाडा सिद्धान्तमै अडिग रहेको आरोप लगाएका छन् । 

दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली सुरुदेखि नै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र आन्दोलनको पक्षमा नरहेको बताएका हुन् । 

‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्थे । आँधीहुरी आयो मान्दिएँ भन्थे। मनले मानेको होइन । उनी बयलगाडामै रहेछन्,’ प्रचण्डले भने, ‘समानता विरोधी रहेछन् । सच्चिए होला भन्ठान्यौँ । तर होइन रहेछ, हामीले केपी ओलीलाई बुझ्न सकेनौँ ।’

ओली ओली लोकतन्त्रवादी नभएर निरंकुश तानाशाह भएको भन्दै उनले देशलाई भड्खालोमा हाल्न खोजेको दाहालको आरोप छ । 

सर्वोच्च अदालतले संविधानको मर्म र भावनाको सम्मान गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले संविधानमाथिको प्रहारलाई सच्याउने कोसिस नगरिए भोलि आन्दोलनको आँधीहुरी आउने चेतावनी दिए । 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १६:५३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया