चुनाव भइहाल्छ, कम्युनिस्ट फुटे, हामीले जितिहाल्छौँ भन्ने भ्रममा नपर्नू : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुँदैन हुने निर्वाचनको लोभमा नपर्न आग्रह गरेका छन्। निर्वाचन गराउनका लागि भइरहेको बहुमतलाई लात हानेर ओलीले प्रतिनिधिसभा विघटन नगरेको उनको जिकिर छ। 

‘कम्युनिस्ट पार्टी फुटिहाल्यो अब त हामीले जित्छौँ होला भनेर कोही भ्रममा पर्नुपर्दैन, चुनाव गराउनका लागि ओलीले संसद विघटन गरेकै होइनन्’ प्रचण्डले भने। 

संविधान जोगिए, लोकतन्त्र जोगिए निर्वाचन आइरहने र त्यसको उपभोग गर्न पाउने उनको भनाइ छ। कतिपयलाई अहिले कम्युनिस्ट पार्टी विभाजन भएको छ। 'मध्यावधि भइहाले त हामीले जितिहालिन्छ नी भनेर सपना देख्न खोजेको कुरा सुनिन्छ' प्रचण्डले  भने, 'म ती साथीहरुलाई भन्न चहान्छु, त्यो दिवा स्वप्न नदेख्नुहोस् यो हुनेवाला चुनाव घोषणा भएकै होइन्।’

घोषणा गरिएको मितिमा चुनाव नहुने कुरामा प्रधानमन्त्री ओली पनि विश्वस्त रहेको पेलेर योजना बनाएको उनले बताए। ‘संसद स्थापना भएपछि पनि तपाई जित्नुहोला नी त चुनाव, हाम्रो पार्टी त फुटिहाल्यो' प्रचण्ड भन्छन्, 'दुई वर्षपछि चुनाव हुन्छ, एक वर्षपछि स्थानीय तहको चुनावको प्रक्रिया सुरु भाइहाल्ने वाला छ।’ 

आफैँले लेखेको संविधानमाथिको प्रहारलाई स्वीकार नगर्न उनले आग्रह गरे। ‘हुँदाखाँदाको बहुमत छाडेर यस्तो दुर्घटना गराउनेले चुनाव गराउछन् ?’ प्रचण्डले प्रश्न गरे। 

अहिलेको विघटनलाई मान्यता दियो भने नजिर बस्ने र आगामी प्रधानमन्त्रीले यही प्रवृत्तिलाई पछ्याउँदै जाँदा यस कारण देश अस्थीरतामा जाने प्रचण्डले बताए। 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १७:७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया