अब दैनिक उपभोग्य सामग्री किन्न नगद बोक्नु पर्दैन : राष्ट्र बैंक

तरकारीजस्ता दैनिक उपभोग्य वस्तु किन्न नगद बोक्नैपर्ने बाध्यता हटाउनका लागि आवश्यक तयारी भइरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । 

मंगलवार आयोजित बैंकर्स संघको साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रोत्साहन गरी नगद बोक्नै पर्ने बाध्यता हटाउन तयारी भइरहेको बताए ।

अहिले किनमेल गर्न नगद बोक्नै पर्ने बाध्यता रहेको भन्दै उनले यस्तो बाध्यतालाई आगामी वर्ष नै हटाउने गरी काम भइरहेको जनाए ।
अवको एक वर्षभित्र तरकारी बजारमा पनि डिजिटल कारोबार हुने उनले दावी गरे ।  

गाँउ–गाँउसम्म वाणिज्य बैंकले आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको बताउँदै कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको यस प्रकारको नीतिलाई सहयोग गर्न संघ तयार रहेको बताए । 

डिजिटल नेपाल बनाउने भिजन अनुरुप राष्ट्र बैंकको मार्गदर्शन अनुसार यस कामलाई अगाडि बढाउने उनको भनाइ थियो ।





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १८:२२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया