कोरोनाभाइरसः बेलायतमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित

पछिल्ला दिन बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या निकै बढ्न थालेको छ। त्यहाँका सन्चारमाध्यमले जनाएअनुसार बेलायतमा मंगलबार मात्र ५३ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् ।

यो अहिलेसम्म बेलायतमा एकै दिन भेटिएका कोरोनाभाइरस संक्रमितको संख्यामा रेकर्ड हो । मंगलबार नै बेलायतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको पनि निधन भएको छ । त्यहाँ ४ सय १४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

यसअघि बेलायतमा एक दिनमा ४१ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका थिए । अनि त्यो दिन त्यहाँ कोरोनाका कारण ३ सय ५७ जनाले ज्यान गुमाएका थिए ।

अहिले यसअघि अप्रिलमा भएको कोरोनाभाइरस संक्रमणको पिकभन्दा पनि बढी समस्या बेलायतमा देखिएको बताइएको छ । अहिले कोरोना परीक्षण बढी भएकाले पनि त्यहाँ संक्रमितको संख्या बढी आएको हुनसक्ने अनुमान छ । तर, यसलाई नै अन्तिम आधार बनाइएको चाहिँ छैन ।





  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १:१६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया