महामारीकै बीच निर्जीवन कम्पनीले संकलन गरे १२ अर्ब

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा निर्जीवन बिमा कम्पनीले १२ अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । बिमा समितिको मङ्सिरसम्मको तथ्यांक अनुसार १९ बिमा कम्पनीले उक्त बिमाशुल्क संकलन गरेका हुन् । 

हाल नेपालमा २० निर्जीवन बिमा कम्पनी सञ्चालनमा  रहे पनि सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीले बिमा समितिमा आफ्नो तथ्यांक पेश गरेको छैन ।

यो अवधिमा शिखर इन्स्योरेन्सले सर्वाधिक बिमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३७ करोड बिमाशुल्क संकलन गरेको तथ्यांक छ । 

यस अवधिमा सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्सले समान १ अर्ब १३ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । बिमाशुल्क संकलनका आधारमा  चौथोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । कम्पनीले समीक्षा अवधिमा १ अर्ब रुपैयाँ बिमाशुल्क संकलन गरेको तथ्यांकमा छ ।

एनएलजी इन्स्योरेन्सले ५ महिनामा ९१ करोड बिमाशुल्क संकलन गरेको छ  भने अजोड इन्स्योरेन्सले ५२ करोड बिमा शुल्क संकलन गरेको छ । यसैगरी, जनरल इन्स्योरेन्सले रू. २९ करोड र सानिमा जनरल इन्स्योरेन्सले रू. २३ करोड बिमाशुल्क संकलन गरेका छन् ।

कोरोना भाइरसको विपदमा भएको यस व्यवसायलाई बिमा कम्पनीहरूले सकारात्मक रूपमा लिएका छन् । कोरोना संकटमा पनि बिमा व्यवसाय बढ्दो क्रममा रहेको बिमा कम्पनीहरूको भनाइ छ ।



बैंकबाट कर्जा लिएर किनेको घर र गाडीको अनिवार्य रूपमा बिमा गर्नुपर्ने हुन्छ । साथै, बैंकबाट कर्जा लिएर गरिने व्यवसायको पनि बिमा गर्नुपर्ने हुन्छ । यसका लागि बैंकहरूले आफैले नै सहजीकरण गर्दै आएका छन् । फलस्वरूप कोरोनाको प्रभावका बीचमा पनि बिमा व्यवसाय राम्रै भएको कम्पनीहरूको भनाइ छ ।


 



  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १६:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया