स्मार्टच्वाइस टेक्नोलोजिजले ल्यायो सहज भुक्तानीका लागि ‘स्मार्ट क्युआर’

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न भुक्तानी सेवा र सुविधा खरिदमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटफर्म ‘स्मार्ट क्युआर’ सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । 

नेपाल राष्ट्र बैंकको नगदरहित कारोबार प्रणालीको प्रवद्र्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोवार अघि बढाउने नीतिअनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थालाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ ।

मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्धतानुसार सेवा सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ । 

परम्परागत प्रणालीलाई स्तरोन्नति गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्नु कम्पनीको मुख्य लक्ष्य रहेको बताइएको छ ।

स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध सेवा र सुविधाको उपयोग गर्न सजिलो हुने दाबी कम्पनीको छ । 

यस क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटफर्ममा आबद्ध बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाले इएमभी को स्टान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्युआरसी पेमेन्ट सर्भिसबीच  पनि सहजै एकिकृत कारोवार गराउन सकिने ब्यवस्था गरिएको छ ।



स्मार्ट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको छ । युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवाप्रदायकले पनि स्र्माट क्युआरका माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

स्मार्टच्वाइस टेक्नोलोजिजले स्मार्ट क्युआरको सुरुवातका अवसरमा प्रयोगकर्ताका लागि विभिन्न मल, डिपार्टमेन्ट स्टोर र रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट अफरसमेत सार्वजनिक गरेको छ । 




 

  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १६:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया