अस्पताल भर्ना भएका जोशीलाई पौडेलको स्वास्थ्यलाभको कामना

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएर जोशी अस्पताल भर्ना भएका छन् । 

उनलाई पुस १० गते कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । 

एउटै पार्टी भए पनि वरिष्ठ नेता पौडेल र जोशीबीच अहिले राम्रो सम्बन्ध छैन । गत निर्वाचनमा पौडेललाई हराउन अन्तर्घात गरेको आरोपमा कांग्रेसले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । 

बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले जोशीको शीघ्र स्वास्थलाभको कामना गर्दै लेखेका छन्– ‘मेरा सहयात्री, नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री श्री गोविन्दराज जोशीजी कोभिड–१९ को संक्रमणको कारण अस्वस्थ भै हेम्स अस्पताल काठमाडौंमा उपचाररत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थलाभको कामना गर्दछु ।’

मेरा सहयात्री , नेपाली कांग्रेसका पुर्व सह-महामन्त्री एवं पुर्व मन्त्री श्री गोविन्द राज जोशीजी कोभिड-१९ को संक्रमणको...

Posted by Ramchandra Paudel on Wednesday, December 30, 2020




  • प्रकाशित मिति : पुस १५, २०७७ बुधबार १६:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया