नेपाल राष्ट्र बैंकले निर्वाचन आयोग वा अदालतको आधिकारिक निर्णय नआएसम्मका लागि नेकपाको नाममा रहेका सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ ।
नेकपाको दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न बैंकहरुलाई परिपत्र गरेका थिए । सोही पत्रका आधारमा राष्ट्र बैंकले सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको हो ।
बुधबार कार्यालय समयभन्दा पछि जानकारी आएकाले राष्ट्र बैंकले भोलि बिहीबार सबै बैंकहरुलाई औपचारिक रुपमा निर्देशन दिनेछ ।
हाल नेकपाको नाममा विभिन्न बैंकमा तीन अर्बभन्दा बढी नगद रहेको स्रोतको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।