देशमा राजसंस्थासहितको लोकतन्त्रको सान्दर्भिकता बढेको छ : कमल थापा
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देशमा राजसंस्थासहितको लोकतन्त्रको सान्दर्भिकता बढेको बताएका छन् । 

पुस १६ अर्थात् बिहीबर राष्ट्रिय मेलमिलाप दिवसको सम्झना गर्दै थापाले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा सक्रिय थापाले आज भन्दा ४४ वर्षअघि पुस १६ गते बीपी कोइराला लामो निर्वासनपछि मेलमिलापको नीति लिएर स्वदेश फर्किएको सम्झना गर्दै यस्तो बताएका हुन् । 

बीपी निर्वासनपछि स्वदेश फर्किदा राजा र जनता मिलेर देश बचाऔँ भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएको उनको भनाइ छ । 

‘आज पुस १६, राष्ट्रिय मेलमिलाप दिवस । ४४ वर्ष अघि आजकै दिन राजा र जनता मिलेर देश बचाऔं भन्ने राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी कोइराला लामो निर्वासन पछि स्वदेश फर्कनु भएको थियो’, थापाले ट्वीटरमा लेखेका छन्, ‘देशको वर्तमान अवस्थामा राजसंस्थासहितको लोकतन्त्रको सान्दर्भिकता अझ बढेको छ।’





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार ७:३३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया