एजेन्सी– हिन्दू शास्त्रमा पत्नीलाई पतिको अर्धाङ्गनी मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ । त्यसैले भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ ।
तर, सबैको हकमा यस्तै हुनुपर्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ ।
भारतका पण्डित शिवकुमार शर्माले पनि त्यस्ता उपाय सुझाएका छन् जसका कारण पतिको भाग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ ।
शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जामा राखिएको छ । उनलाई लक्ष्मी स्वरुप मानिने गरिएको छ । त्यसैले स्त्रीले विहान सधैं पूजापाठ गर्नु राम्रो हुन्छ । यसले पतिको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने विश्वास गरिन्छ ।
घरमा महिलाले विहान उठेर सबैभन्दा पहिले स्नान गर्नु अवाश्यक छ । साथै, तुलसीलाई पानी चढाएर उनीहरुले आफ्नो दुःख हटाउनका लागि प्रार्थना गर्नु पर्ने हुन्छ ।
शिवकुमारका अनुसार घरमा तामाको भाँडामा पानी राखेर पूरै घरमा छर्कनाले घरको वातावरण शुद्ध हुन्छ र यसले नकरात्मक शक्तिलाई हटाउन सहयोग गर्छ । अनि यसले घरमा समृद्धि ल्याउँछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।