बिहीबार सुनको मूल्य तोलामा सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । बिहीबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने तोलामा १ सय रुपैयाँ नै घटेको हो । 

आइतबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सात सय रुपैयाँ बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार फेरि आठ सय रुपैयाँ नै घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ५ रुपैयाँ बढेको थियो ।  





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १०:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया