उखु किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालक पक्राउ
उखुको पैसा नपाएको भन्दै काठमाडौँको माइतीघरमा धर्नामा बसेका सर्लाहीका उखु किसान ।

किसानको उखुको पैसा नतिर्ने लुम्बिनी सुगर मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई बिहीबार बिहान वीरगन्जको प्रतिमा चोकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् ।

पश्चिम नवलपरासी प्रहरीको आग्रहमा अग्रवाललाई पक्राउ गरिएको पन्तले बताइन् ।  पक्राउ परेका अग्रवाललाई पश्चिम नवलपरासी पठाउने तयारी भइरहेको एपी पन्तले जानकारी दिइन् । 

सरकारले किसानको उखुको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएपछि पैसा नतिर्ने उद्योगीलाई पक्राउ पुर्जी जारी गरिएको थियो । 





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १३:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया