प्रधानमन्त्री कप : ७ रनमै समेटियो गण्डकी

दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश–१ विरुद्धको खेलमा गण्डकी प्रदेश ७ रनमै अल आउट भएको छ । विहीबार भएको खेलमा प्रदेश–१ ले लगातार तेस्रो जित निकाल्ने क्रममा गण्डकीमाथि १४० रनको फराकिलो जित दर्ता गरेको हो । 

प्रदेश–१ दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ८ ओभरमा सबै विकेट गुमाउँदै ७ रन मात्र बनाउन सक्यो । यो प्रतियोगिताकै सबैभन्दा कम योगफल हो । यसअघि कर्णाली प्रदेशले प्रदेश–२ विरुद्धको खेलमा २२ रन बनाएको थियो ।

प्रदेश–१ को धारिलो बलिङ सामु कुनै पनि खेलाडी टिक्न सकेनन् । उसका लागि  कुसुम गोदार र सोनिया थापाले समान २–२ रनको योगदान दिँदा अन्य खेलाडीले रनको खाता पनि खेल्न सकेनन् । 

गण्डकीको पारी ध्वस्त बनाउने क्रममा संगीता राईले ५,सवनम राईले ४ तथा अप्सरी बेगमले १ विकेट हात पारे ।

यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो । 
प्रदेश–१ का रोमा थापा र काजल श्रेष्ठले दोस्रो विकेटका लागि अविजित १११ रनको साझेदारी गरे । दुबैले अर्धशतकीय पारी खेले ।

काजलले ५७ बलमा ४ चौकाको मद्दतले ५२ रन बनाउँदा रोमाले ४९ बलमा ८ चौकाको मद्दतले ५१ रन प्रहार गरिन् । कप्तान रुविना क्षेत्रीले १५ रनको योदान दिइन् । गण्डकीका लागि एक मात्र विकेट कुसुम गोदारले लिइन् ।



जितसँगै प्रदेश–१ समुह ‘बि’को विजेता बनेको छ भने गण्डकी प्रदेश जितबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

शनिबार हुने सेमिफाइनमा समूह ‘बि’को विजेता प्रदेश–१ ले समूह ‘ए’को उप विजेता लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्दा ‘बि’को उपविजेता सुदूरपश्चिमले समूह ‘ए’को विजेता विभागीय टोली एपिएफको सामना गर्नेछ । 
 
 



  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १६:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया