खुमलटारमा मोहनविक्रमले भने : ओलीविरुद्ध मिलेर आन्दोलनमा जाऊँ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली कदमविरुद्ध मिलेर आन्दोलनमा जानुपर्ने कुरा खुमलटार पुगेर राखेका छन् 

ओलीको कदमविरुद्ध एक जुट भएर आन्दोलन गर्नुपर्ने प्रस्ताव उनले नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेका हुन्।

बिहीबार अपरान्ह सीता दाहालको स्वास्थ्य अवस्था बुझ्‍न खुमलटार पुगेका सिंहले संसद विघटनविरुद्ध एक भएर आन्दोलनमा होमिनुपर्नेमा जोड दिएका हुन्। 

मेडिसिटी अस्पतालमा उपचारपछि खुमलटार फर्किएकी सीताको स्वास्थ्यबारे जानकारी लिएपछि महामन्त्री सिंहले अध्यक्ष प्रचण्डसँग अहिलेको जटिल राजनीतिक अवस्थाबारे कुरा गरेका हुन्। 

‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक छ, यो पुनःस्थापना हुनैपर्छ', सिंहको भनाइ उद्धृत गर्दै दाहालको सचिवालयका एक सदस्यले भने, 'त्यसका लागि संयुक्त आन्दोलन गरौँ, त्यो सम्भव हुँदैन भने तपाईंहरुको आन्दोलन हाम्रो समर्थन छ।'

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरिदिएपछि नेकपाबाट विभाजित दाहाल-नेपाल समूह आन्दोलनमा छ। ओलीको कदमविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले मूलधारका तीन दलसँग मोर्चा बनाएको छ।





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार २२:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया