प्रधानमन्त्रीले बोले झुट, दाहाल समूहको निवेदन फिर्ता भएको छैन
फाइल फोटो

 नेकपा दाहाल नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता भएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेका  छन् । 

प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट गरेको सम्बोधनका क्रममा आयोगले हालसम्म फिर्ता नगरेको निवेदनबारे ओलीले झुट बोलेका हुन् ।
‘हामी नै आधिकारिक हौं सूर्य चिन्ह पनि हामीले नै पाउँछौँ,’ ओलीले भने, ‘निर्वाचन आयोगमा हामी जानै पर्दैन ।’ 

ओलीले सम्बोधनका क्रममा दाहाल नेपाल समूहको निवेदन आयोगले बिहीबारै फिर्ता गरेको दाबी गरे । ‘आयोगमा दौडिने काम  त उहाँहरुको हो निवेदन पनि रीत र प्रक्रिया नपुगेको भन्दै आयोगले हिजै फिर्ता गरिसकेछ, अब आधिकारिक को  हो भनिरहनु पर्छ र ?’ 

आयोग भन्छ त्यस्तो होइन

निर्वाचन आयोगले भने प्रधानमन्त्री ओलीले भनेअनुसार दाहाल नेपाल समूहको कुनै पनि निवेदन फिर्ता नभएको जानकारी दिएको छ ।

‘प्रधानमन्त्रीले भनेअनुसार हिजोसम्म त्यस्तो निवेदन फिर्ता भएको छैन,’ आयोगका उपसचिव कोमलप्रसाद धमलाले फरकधारसँग भने, ‘आज आयोगका पदाधिकारीको बैठक बस्दै छ, त्यहीँ निर्णय भएमा पछि थाहा हुन्छ ।’ 



प्रचण्ड नेपाल पक्षले केन्द्रीय सदस्यको बहुमतसहित आधिकारिक नेकपा र सूर्य चिन्ह दाबी गर्दै   यसअघि आयोगमा निवेदन दिएको थियो । 

कुनै पनि दल विभाजन भइसकेपछि दाबी विरोध गर्दै पर्ने निवेदनमा आयोगले ४५ दिनभित्र निर्णय दिनुपर्ने प्रावधान छ । 



  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १४:३१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया