नेकपाको एकता जोगाउन अझै पनि सम्भावना छ : वामदेव गौतम
फरकधार / १७ पुस, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाइ छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।

उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको बताए ।

  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १९:४८:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया