दाङमा अर्थ पुस्तकालय

दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायिक विकासका लागि अर्थ पुस्तकालय सञ्चालन गरेको छ । दाङको व्यावसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले पुस्तकालय सञ्चालन गरेको हो । पुस्तकालय उद्घाटन शुक्रबार एक कार्यक्रमका बीच गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले पुस्तकालयले दाङको आर्थिक तथा व्यावसायिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

उनले दाङमा अन्य पुस्तकालय सञ्चालन हुँदै आइरहे पनि अर्थ पुस्तकालय अर्थात् आर्थिक गतिविधि केन्द्रित पुस्तकालयको अभाव रहेकाले संघले नौलो र सकारात्मक काम गरेको बताए । त्यस अवसरमा संघका अध्यक्ष नारायणप्रसाद भुषालले अर्थ, सफल उद्यमी, उद्योगीहरूको प्रेरणादायी पुस्तक पुस्तकालयमा रहने समेत जानकारी गराए ।
 





  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार २०:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया